top of page
Search

अमेरिकि विश्वबिद्यालयद्वारा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स


बोस्टन- ADWAN.ORG कि संस्थापक समाजसेवी बिष्णुमाया परियारलाई 'पाइन् मानोर कलेज' (Pine Manor College) द्वारा समाजसेवामा उल्लेख्य योगदान पुर्‍याएको भन्दै मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (Doctor of Letters) डिग्री प्रदान गरिएको छ।

मैई १२ तारिख आईतवार 'मदर्श डे' का दिन उक्त विश्वबिद्यालयले मनाएको १०२ औं दिक्षान्त (कमेन्स्मेन्ट) समारोहमा समाजसेवी परियारलाई उनीद्वारा नेपालमा सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था "एड्वन" (Association of Dalit Women's Advancement of Nepal (ADWAN) मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुको उत्थानार्थ गरेको कार्यको उच्च मुल्यांकन गर्दै उक्त कलेजले उक्त बिद्यावारीधी प्रदान गरेको हो। 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री बेलायत (यूके), अस्ट्रेलिया र इन्डियामा 'डाक्टर अफ फिलोसोफी' (Ph.D.) भन्दा माथिल्लो तहको उपाधी मानिन्छ। (श्रोत: हेर्नुहोस्: विकिपिडिया)

संस्थापक समाजसेवी बिष्णुमाया परियारद्वारा संचालित संस्था "एड्वन" ले अहिलेसम्म १० हजार भन्दाबेशी नेपालका दलित, गरीब, सिमान्तकृत बालबालिका उत्थानकालागि बिद्यालय स्थापना र छात्रबृद्दीमार्फत शिक्षा दिलाउन सफल भएको छ । उनी २३ सय महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक बनाउन सफल भएकि छिन् जसको कारण अरु ११ हजार महिलाहरुलाई प्रतक्ष्य तथा अप्रतक्ष्यरुपमा लाभान्बित हुन पुगेका छन्।

समाजसेवी परियारले 'पाइन् मानोर कलेज' विश्वबिद्यालयबाट सामाजिक र राजनीतिक प्रणालीमा स्नातक (बिए) गरेकी हुन् । उनले मासाचुसेट्स राज्यकै अर्को प्रतिस्ठित क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तररास्ट्रिय बिकास बिषयमा स्नातकोत्तर (एमए) गरेकिछिन्।


 
 
 

Comments


©2023-2027 by Association for Dalit Women Advancement of Nepal (ADWAN)

bottom of page