top of page
Search

विभेदबिरुद्धको बिगुल फुक्दै डा. विष्णुमाया


गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको प्रर्याय बनेकी डा. परियार अमेरिकामा रहेको नेपाली समुदाय मात्र होइन अमेरिकनहरुले समेत चिन्ने नाम हो ।

सरकारी विद्यालयमासमेत पढ्न नसक्ने अवस्थाबाट आफ्नो बाल्यकाल गुजारेकी डा. विष्णुमाया अहिले अधिकारको क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकी छिन् । आफू सानो छँदा दलित भएकै कारण अपमानित हुनु परेको पीडाबाट अघि बढ्ने कसम खाएकी उनले सानै उमेरमा सामाजिक क्षेत्रमा प्रवेश गरेकी हुन् ।

डा. विष्णुमाया ठूलो परिवारमा जन्मिएकी हुन् । उनी ११ सन्तान मध्येकी पाँचौ सन्तान हुन् । गरिव परिवार त्यसमाथि ११ सन्तान । जसमा १० दिदी बहिनी र एक भाई थिए । ठूलो परिवार भए पनि उनले परिवारबाट न्यानो माया मात्र पाईनन्, जीवनमा अघि बढ्ने र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने प्रेरणा पाईरहिन्, आफ्नो बुबाबाट ।

अवार्ड

डा. विष्णुमाया परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । जुन अवार्ड विश्वका ३ जनाले मात्र पाएका थिए । त्यस्तै उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलरसहित अवार्ड दिएको थियो, जुन विश्वका ११ जनालाई मात्र दिईएको थियो । त्यस्तै सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन विश्वका ६ जनालाई मात्र दिइएको थियो । त्यस्तै उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेड (वियोन्ड द पिएचडी) ले सम्मान गरेको थियो ।

डा. विष्णुमायालाई नेपाली कम्युनिटीका अधिकांश संस्थाले विभिन्न अवार्डबाट सम्मान गरेका छन् । उनीसँग सामाजिक न्यायका क्षेत्रमा कार्य गरेवापत ४० वटा भन्दा बढि अवार्डहरु छन् ।

केन्टकीको लुइभिल शहरले डा. विष्णुमाया परियार डे मनाउने

सामान्य परिवारमा जन्मिएर जीवनको आरोह अवरोह छिचोल्दै यो उचाईमा पुगेकी डा. विष्णुमाया परियारको सम्मानमा अमेरिकाको केन्टकीको लुईभिल शहरले ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरेको छ । त्यहाँको स्थानीय सरकारले हरेक वर्ष सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ को रुपमा मनाउने घोषणा गरेको हो । उनले नेपाल र अमेरिकामा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको सम्मान स्वरुप स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।


 
 
 

Comments


©2023-2027 by Association for Dalit Women Advancement of Nepal (ADWAN)

bottom of page