top of page
Search

एड्वानको रजत जयन्ती सम्पन्न, पच्चीस वर्षमा डेढ लाख दलित र सीमान्तकृत जनता लाभान्वित



Updated: Exclusive: एड्वान नेपालकोरूपमा परिचित नेपाल दलित महिला उत्थान संघ (एड्वान) को रजत जयन्ती १९९८-२०२३ समारोह काठमाण्डौंमा शनिवार सम्पन्न भएकोछ। विगत पच्चीस वर्षमा एड्वानको जातीय छूवाछूत विभेद अन्त्यको निम्ति सामाजिक रूपान्तरणको अभियानबाट डेढ लाख दलित र सीमान्तकृत जनता लाभान्वित भएकाछन्। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर प्रमुख अतिथि रहेको रजत जयन्ती समारोहमा एड्वानकी संस्थापक अध्यक्ष एवं सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा स्थापित फाउण्डेसनले एड्वानसंगको सहआयोजनामा पहिलो “आत्मसम्मान Dignity Award” पुरस्कारबाट जातीय विभेद र छुवाछूत विरूद्धको अभियानका अग्रणी व्यक्तित्वहरू लेखक, विचारक एवं सामाजिक अभियानकर्मी संजीव कार्की र सामाजिक अभियन्ता रामकुमारी दासलाई कदरपत्र र जनही रू. ५० हजार राशीको नगद पुरस्कारसहित सम्मान गरिएकोछ।



एड्वानकी अध्यक्ष विन्दू परियार थापाको सभापतित्वमा सम्पन्न रजत जयन्ती समारोहमा अतिथि वक्ताहरूले नेपालमा सबै प्रकारका विभेद अन्त्यका लागि उत्पीडित समुदाय, आदिवासी र सीमान्तकृत जनता बीच एकता हुनुपर्ने कुरामा जोड दिए।



प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले दलितले सदियौँदेखि भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूतको समस्या समाधान गर्दै उनीहरूको आर्थिक, सामाजिक र राजनीतिक विकासमा जोड दिनुपर्ने बताईन्, “आफैँले बनाएको मन्दिरमा आफैँ प्रवेश गर्न नपाउने, आफैँले बनाएको थालहरूमा आफैँले खाना खान नपाउने, त्यहाँ पनि विभेद हुने, यो मान्छेमान्छे बीचको विभेद, छुवाछूतको जुन विभेद छ, यसलाई दलितले मात्रै आवाज उठाउने होइन, सम्पूर्ण जातिले आवाज उठाउनुपर्छ।”


आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि राज्यले नै अभियान सञ्चालन गर्नु पर्ने बताए।



एड्वानकी संस्थापक तथा संरक्षक डा. विष्णुमाया परियारले सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायलाई शैक्षिक रूपमा अगाडि बढाउनु पर्ने बताईन्। परियारले विश्वका सबै प्राणी र मानव समान छन् सोही समानताको अवधारणालाई आत्मसात गर्दै हामी काम गर्छौ। जातीय विभेद अन्त्यको लागि दलितको मात्र होइन गैर दलितको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको कारण सबैलाई साथमा लिएर हिंडने र मानवाधिकार, समानता, स्वतन्त्रता र न्यायको पक्षमा सबैको हातेमालो सहित जात व्यवस्था सिर्जित खाडल पुरेर समतामूलक समाज बनाउने आफ्नो लक्ष्य रहेको कुरा बताइन् ।



पूर्व राजदूत पदम सुन्दासले नारीले हाँकेको संस्था सफल र लक्ष्य प्राप्तिमा अविचल रहेको देख्दा नारीलाई समाजको हर क्षेत्रमा नेतृत्व दिन सकिने उदाहरण एडावानले प्रस्तुत गरेको विचार सुन्दासको थियो।


विनोद पहाडी र सभासद निरा जैरुले दलित समुदायको प्राप्त अधिकार पनि गुम्ने खतरा बढ्दै गएको भन्दै अधिकार सुनिश्चितताका लागि दलित समुदायबीच एकता हुनुपर्नेमा जोड दिए ।



एड्वानकी अध्यक्ष विन्दु परियार थापाले महिला र पुरुषबिच समानताका लागि महिलाहरूलाई आर्थिक रूपमा बलिया बनाउने उद्देश्यले एड्वानले जिविकोपार्जन कार्यक्रमलाई शसक्त रूपमा अगाडि बढेको र आफ्नो एडवानमा संलग्नता देखि आफूले गरेको मनकामना मन्दिर प्रवेशको विद्रोहको स्मरण गर्दै सभाहललाई स्तब्ध बनाइन् ।



रजत जयन्ती समारोहका अन्य अतिथि वक्ताहरूमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य लिली थापा, प्रतिनिधिसभाका सदस्य मा. शिव नेपाली, राष्ट्रिय दलित आयोगका मा. अध्यक्ष देवराज विश्वकर्मा, पीस कोरका निर्देशक ट्रोए, जर्मन दूतावासकी प्रतिनिधि लिड्या विल्याण्ड्, युएस्एडकि प्रतिनिधि सुमित्रा मानन्धर, जर्मा संस्था कुर्भ वुस्ट्रोभका प्रतिनिधि पिटर डिजेल, एनआरएनएका अध्यक्ष डा. बद्री केसी, अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत तथा गायक प्रेमराजा महत र व्यावसायिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष कमला हेम्चुरी थिए ।



सभामा डाक्टर विष्णुमाया परियारकी आमा कनमाया परियारले आफ्नो अनुभव बाँडने क्रममा आफूले हिजो गरेको दुःखको लगानी ११ जना छोराछोरी पढाउने रहरको प्रतिफल आफ्नै जीवनकालमा देख्न र भोग्न पाए पनि आफ्ना श्रीमान स्वर्गीय रूपबहादुर परियारले त्यो अवसर थोरै मात्र देखेर स्वर्गवास हुनु भएको प्रसङ्गले समारोह निकै भावुक र स्तब्ध बनेको थियो ।


चितवनबाट आएका विद्यार्थी समूहको नाटकमा देखाइएको छुवाछुत र विभेदको चित्रणले पनि सभालाई निकै आकर्षित गरेको थियो। प्रतिनिधि सभाका सदस्य मा. शिव नेपाली भन्दै थिए । 'म धेरै भावुक बने मेरा आँखा पनि अनयास रसाए । मेरो हृदयलाई बेस्सरी छोयो ' सो नाटक प्रदर्शन हेर्दा माननीय नेपाली झैँ प्रत्येक सहभागीको हृदय रसाएको थियो । आँखा भरिएको थियो ।



रजत जयन्ती समारोहमा एड्वानको पच्चीस वर्ष अवसरमा रजत केक काटेर मनाईएको थियो भने रजत जयन्ती स्मारिकाको विमोचन गरिएको थियो।

जातिय तथा लैंगिक भेदभावको दोहोरो शोषणमा परेका वा पारिएका नेपाली दलित महिलाको सशक्तिकरण गरी उनीहरुलाई राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गराई आत्मनिर्भर तथा स्वावलम्बी वनाउनका लागि बिसं. २०५५ सालमा एड्वानको स्थापना भएको हो ।

First Dignity Award 2023 is presented to Sanjiv Karki for your relentless writing on Dalit issues to end the discrimination and untouchability in Nepali society.


पहिलो आत्मसम्मान Dignity Award पुरस्कार २०२३ द्वारा सम्मानित सञ्जीव कार्कीले नेपालमा छुवाछूत र जातीय विभेदका बिरुद्द सशक्त कलम चलाउँदै आउनु भएको छ । कार्की दलित चेतना निर्माण र स्वास्थ्य शिक्षाको आन्दोलनमा एक दशकभन्दा अघिदेखि सक्रिय हुनुहुन्छ । साथै,हाल उहाँ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एम.फिल- पिएच.डी. अनुसन्धाता हुनुहुन्छ ।

First Dignity Award 2023 is presented to Ram Kumari Das for your dedication on securing Dalit rights to end the discrimination and untouchability as well as against gender-based violence in Nepali society. पहिलो आत्मसम्मान Dignity Award पुरस्कार २०२३ द्वारा सम्मानित सिराहा जिल्लाको लाहान नगरपालिका वडा-१५ सदस्य एवं सामाजिक अभियन्ता राम कुमारी दास जातीय तथा लैंगिक विभेद बिरुद्ध संघर्षरत नारी नेत्री हुनुहुन्छ । उहाँ आफै बालबिबाह गर्न बाध्य पारिएकी, घरेलु हिंशाबाट पिडित एक महिला र दलित समुदायकि सदस्य भएर भोग्नु परेको जातीय विभेद र अन्यायको बिरुद्ध अन्य दलित, बालबालिका र महिलाहरुले भोग्नु नपरोस भनेर संघर्षरत रहँदै आउनु भएको छ । Learn more about Dignity Award at: https://www.dignityaward.org/dignity-award-2023 About Dignity Award आत्मसम्मान Dignity Award is established by The Bishnu Maya Pariyar Foundation to encourage and applaud the tireless works of individuals to end the caste and gender-based discriminations. The award will also recognize the courage and willingness to end untouchability in our society. The Bishnu Maya Pariyar Foundation's mission is to create a society where each member of our society should be able to live with dignity. The Foundation believes in equitable society where everyone is treated equal and can achieve financial freedom. The Foundation's founder is Dr. Bishnu Maya Pariyar, an award winning scholar, prolific social entrepreneur, and one of the most admired Nepali-American personalities. Her life-long passion to work for the upliftment of so-called Dalit or untouchable and marginalized people in Nepal has brought profound change in the community. Dr. Pariyar believes that nothing is impossible if you’re determined to overcome or achieve. Dr. Pariyar is founding President of ADWAN (Association for Dalit Women's Advancement of Nepal), a rights-based Nepali organization which has supported more than 25,000 children and more than 125,000 Dalit and marginalized women and their family members in Nepal since 1998. News source: https://www.nepalism.com/post/adwan-silver-jubilee-celebration-1998-2023



7 views0 comments
bottom of page